दैलेखः कृषि विकास कार्यालय दैलेखका प्रमुख दशरथ पाण्डेले कृषि विकास कार्यालयसंग जोडिएका कृषकहरुलाई संधै सहयोग गर्ने बताए “दैनिक एक चम्चा मह सेवन, स्वस्थ र दीर्घायु जीवन” भन्ने मूल नारासहित दैलेखमा तिन दिने मौरी पालन तथा व्यवस्थापन तालिम समापनमा बोल्दै पाण्डेले यस्तो बताएका हुन्।
तालिमको समापन कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै कृषि विकास कार्यालय दैलेखका कार्यालय प्रमुख दशरथ पाण्डेले कृषकको अपेक्षा अनुसार भगवतीमाई गाउँपालिकामा मौरी पालनको पकेट क्षेत्र कार्यक्रम रहेको र अन्य पालिकामा युवा लक्षित कार्यक्रममा जोड दिने धारणा राखे। कृषि कार्यालय जहिले पनि किसानको साथमा रहेको बताउँदै किसानको आवश्यकताका आधारमा कृषि लक्षित कार्यक्रम मौरी पालन सँग-सगैं सुन्तला, तरकारी र च्याउ खेतीहरूलाई समेत प्राथमिकता दिने उनले बताए। दैलेख बजारमा आइतबार देखि मङ्गलवारसम्म मौरी व्यवसाय तालिम भएको थियो
नेपाल मौरी पालक महासङ्घ कर्णाली प्रदेशको आयोजना, हेल्भेटास नेपालद्वारा सञ्चालित इन इलम परियोजना, तथा सोसेक नेपाल मार्फत सञ्चालित ग्रिन कर्णाली परियोजना अन्तर्गत सञ्चालन भएको यो तालिम साउन १८ गतेदेखि २० गतेसम्म सञ्चालन भएको थियो ।
तालिममा कर्णाली प्रदेश मौरी पालक किसान महासंघका अध्यक्ष लीलाराम ढकाल, उपाध्यक्ष निर्मला सुवेदी, ब्यावसाय योजनाका प्रशिक्षक मोहन राना, हेल्भेटास नेपाल तथा इन ईलम परियोजना र ग्रिन कर्णाली परियोजनाका कर्मचारीहरु, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

तालिममा सहभागी कृषकलाई विभिन्न विषयहरूमा आधारभूत जानकारी र छलफल गरिएको थियो। मौरी विमालेख तथा उधमशिलता र ब्यावसाय विकास योजना निर्माणको लागि मौरी पालनको परिचय तथा व्यवस्थापन विधि, मौरीका पुराना घार तथा आधुनिक घार, मौरीका रोग र किराबाट हुने क्षति तथा रोकथाम, मह उत्पादनको गुणस्तर र भण्डारण प्रविधि, मह तथा मौरीजन्य उत्पादनहरूको बजारीकरण तथा आम्दानी वृद्धिका उपाय, उद्देश्य लगायतका कुराहरु सिकाईएको प्रशिक्षक ढकालले बताए ।
परियोजनाका अनुसार, मौरीपालनलाई व्यवस्थित उद्यममा रूपान्तरण गर्न सिप विकास र प्राविधिक ज्ञान आवश्यक भएकाले यो तालिम सञ्चालन गरिएको हो ।समापन कार्यक्रममा बोल्दै तालिममा सहभागिहरुले मौरी पालनले अपेक्षाभन्दा बढी आम्दानी दिने सम्भावना भएको बताएका थिए । सहभागिहरुले मौरीपालन व्यवसायमा महिलाको सक्रिय सहभागिता बढ्नुपर्ने धारणा राखेका छन ।
यसै विषयमा बोल्दै ठाटिकाँध गाउँपालिकाकी मनसरा रोकायले भने सोसेक नेपालद्वारा पहिलो पटक कृषि सम्बन्धी कार्यक्रमको तालिम लगेपछि कृषि खेती गर्दै आएको छु पछिल्लो समयमा मौरी पालन ब्यावसायमा आकर्षण भएकोले यो ३ दिनको तालिमले आफुँलाई धेरै ज्ञान प्राप्त भएको उन बताउँछिन। यो तालिम पश्चात् अब अन्य कृषक दिदीबहिनीहरूलाई पनि समेट्ने प्रतिबद्धता उनको छ ।
कार्यक्रममा सहभागी नौमुले गाउँपालिका, गुराँस गाउँपालिका, ठाँटिकाध गाउँपालिका भगवतिमाई गाउँपालिका र नारायण नगरपालिकाका गरी ३६ जना कृर्षकहरुको उपस्थिति रहेको थियो । तिन दिनसम्म संचालित तालिमले दिगो कृषिमा आधारित आम्दानीमुखी उद्यम विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।




खुल्ला प्रेस । २१ श्रावण २०८२, मंगलवार १७:१६