जहाँ घरमै हुन्छ विद्यालयको पढाई

कृष्ण प्रसाद अधिकारी

दैलेखः दैलेखको भगवतिमाई गाउँपालिकामा विद्यालयको पढापनि घरमै हुने गरेको छ । गाउँपालिकाकामा संचालन भएको घरैमा विद्यालय कार्यक्रममले बालबालिकाको पढाइमा उल्लेखिय सुधार आएको छ ।

गाउँपालिकामा शारीरिक तथा मानसिक अपाङ्गताका कारण विद्यालय जान नसक्ने बालबालिकाका लागि सञ्चालित ‘घरैमा विद्यालय’ कार्यक्रमले बालबालिकामा सकारात्मक परिवर्तन ल्याएको छ ।

यस कार्यक्रम अघिसम्म केही बालबालिका जहाँ पायो त्यहीँ दिशा(पिसाब गर्थे र नयाँ मान्छे आउँदा अलमलिन्थे। तर घरैमा विद्यालय मार्फत पढाउन थालेपछि अहिले उनीहरु  सफा कपडा लगाउँछन्, दिशा-पिसाब गर्न शौचालय जान्छन् र घरमा नयाँ मान्छे आउँदा आदर र सम्मान गर्छन्।

विद्यालय जान नसक्ने अवस्थाका बालबालिकाहरुलाई घरमै पुगेर सहजकर्ताहरुले आवश्यक शिक्षा, बानि ब्यहोहार, ब्यक्तिगत सरसफाई सम्बन्धि सिकाउदै आएको बुझिएको छ । स्कुल एट होममा हाल गाउँपालिका भित्र १० वटा घरमा १३ जना बालबालिकाले घरमै विद्यालय पाएका छन् ।

घरमै विद्यालयको सहजिकरण गर्दै आएकी  भगवतिमाई गाउँपालिका-५कट्टी की सहजकर्ता करिस्मा सिंहले बालबालिकाले यसबाट पढाइमा समेत सुधार भएको बताइन् ।

सहजकर्ता सिंहले अनुगमन टोलीसँग यस्ता अपाङ्गता भएका बालबालिकाका लागि दैनिक खाजाको समेत व्यवस्था गरिदिन आग्रह गरेकी छिन् । आफुले पढाउँदै गरेका एक जना बालकलाई सुरुमा कसरी पढाउने होला भन्ने लागेको उनि बताउँछिन । बालकको अवस्थाले चिन्तित सिंह अहिले महिनको २५ दिन उनिसंगै हुन्छिन र उनलाइ सिकाउँदै दिन जान्छ ।

घरमै विद्यालयसंगै भगवतिमाई गाउँपालिकामा ३५ वटा थप समुदायमा पढाइ शिविरबाट कक्षा १ देखि ३ सम्मका ७ सय ६७ जना बालबालिका शनिवारीय शिविरमा सहभागी हुने गरेका छन् । उनिहरुलाई पढाई सहजकर्ता मार्फत हरेक हप्ताको शनिबार ७ चरणमा खेल्दै सिक्दै भन्ने सिकाइ क्रियाकलाप मार्फत बढाई रहेको सोसेक नेपाल मार्फत गाउँपालिकामा संचालित वर्ल्ड भिजन इन्टरनेसनल नेपालका शिक्षा अधिकृत जनक प्रसाद अधिकारीले जानकारी दिए ।

भगवतीमाई गाउँपालिकाको समन्वयमा संचालित एकिकृत कार्यक्रम ढाँचा (IPF-SHIELD)परियोजनाले संचालन गरेका गतिविधिहरुको अनुगमन समिति मार्फत परियोजनाको स्थलगत अनुगमन तथा समीक्षा गर्ने गरिएको सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिह थापाले बताए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५