केन्द्रीय सदस्य सीता कुमारी रानाको सफत ग्रहण,कर्णाली र सीमान्तकृत समुदायको विकासमा जुट्ने प्रतिबद्धता

काठमाडौंँ :  नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजाति (महिला तर्फ) केन्द्रीय सदस्यमा पुनः निर्वाचित सीता कुमारी रानाले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

कार्तिक १२ गते बिहीबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित विशेष समारोहमा नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूसँगै उनले पनि शपथ लिएकी हुन् ।

निर्वाचन समितिमार्फत प्रमाणपत्र ग्रहण गरेपछि रानाले देश र जनताको पक्षमा इमानदारीपूर्वक काम गर्ने अठोट व्यक्त गरीन् ।

शपथ ग्रहणपछि कुरा गर्दै नेतृ रानाले कर्णाली लगायत देशभरिका भौगोलिक विकटता र गरिबीका कारण अवसरबाट वञ्चित आदिवासी जनजाति समुदायको शिक्षा, स्वास्थ्य र राज्यका सेवासुविधामा पहुँच विस्तार गर्ने मुख्य एजेन्डा रहेको बताइन् ।

उनले जनताको विश्वासलाई व्यवहारमा उतार्दै राज्यमा सुशासन, समावेशी विकास र न्यायपूर्ण समाज निर्माणका लागि आफ्नो कार्यकाल पूर्ण रूपमा समर्पित हुने प्रतिबद्धता जनाइन् । दैलेखबाट पहिलो केन्द्रीय सदस्य भैसकी राना दोस्रो पटक पनि निर्वाचित भएकी छन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५