गगनले लिए दसैँअघि नै शपथ, पदाधिकारी र सदस्यको कहिले ?

काठमाडौंः नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले दसैँअघि नै शपथग्रहण गरेका छन् । यद्यपि, बाँकी पदाधिकारी र केन्द्रीय सदस्यको शपथको मितिको टुंगो भने अझै लागेको छैन ।

सभापति थापाले असोज ३१ गते पद तथा गोपनीयताको शपथ लिएका थिए । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा कांग्रेस निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले उनलाई शपथ गराएका थिए ।

सभापति थापाले अब नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई शपथ गराउनेछन् ।

यसअघि १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथग्रहण दसैँको पूर्णिमापछि गर्ने भनिएको थियो । तर, त्यसको मिति भने तय भइसकेको छैन ।

कांग्रेस नेता देवराज चालिसे पदाधिकारी र सदस्यहरूको शपथ पूर्णिमापछि हुने बताउँछन् । तर, मिति भने तय भइनसकेको उनको भनाइ छ । शपथग्रहणपछि बस्ने केन्द्रीय कार्यसमितिको बैठकले प्रदेश र जिल्ला कार्यसमितिहरूको अधिवेशनबारे निर्णय गर्ने उनले बताए ।

कांग्रेस प्रमुख सचेतकसमेत रहेकी केन्द्रीय सदस्यमा निर्वाचित वासना थापाले कात्तिक १२–१३ गतेतिर पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रम आयोजना हुन सक्ने बताइन् ।

दसैँको टीकाका लागि आफ्नो निर्वाचन क्षेत्रमा गएका नेताहरू काठमाडौं फर्किनसकेकाले बिहीबार–शुक्रबारसम्म मात्रै शपथग्रहणको कार्यक्रमबारे टुंगो लाग्न सक्ने  उनको भनाइ छ ।

“नवनिर्वाचित केन्द्रीय कार्यसमितिले प्रदेश र जिल्लाको अधिवेशनको मिति तोक्नुपर्ने छ । शपथग्रहणपछि बस्ने नयाँ कार्यसमितिको बैठकले मिति तोक्ने हो,” उनले भनिन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५