काठमाडौँः राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका दिनमा पनि सञ्चालन हुने भएको छ ।
मानव अधिकारको उल्लङ्घनका घटनाको उजुरी लिन र आकस्मिक प्रकृतिका घटनामा अनुगमन गर्न ती कार्यालय सञ्चालन गरिनेछ ।
आयोगको केन्द्रीयसहित प्रदेश र शाखा कार्यालय विदाका दिन पनि बिहान ११:०० बजेदेखि दिउँसो २:०० बजेसम्म खुला रहने प्रवक्ता डा. टीकाराम पोखरेलले बताएका छन् । उनका अनुसार त्यस अवधिमा आकस्मिक प्रयोजनका ती कार्यालय खुला रहने छन् ।

हाम्राे जानकारी
तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५



खुल्ला प्रेस । २९ आश्विन २०८३, बिहीबार २०:४५