काठमाडौं : भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीचच आज नयाँ दिल्लीमा उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ। केहीबेरमा दुई देशका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलन हुँदैछ।
नेपाली प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले,परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र सचिव अमृत बहादुर राई, भारतका लागि नेपाली राजदूत डा। निश्चल नाथ पाण्डे लगायत सहभागी भए।
त्यसैगरी,भारतका तर्फबाट विदेशमन्त्री माननीय डा.एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, राज्यमन्त्री जितिन प्रसाद, प्रधानमन्त्री मोदीज्यूका प्रधान सचिवद्वय डा. पी. के. मिश्रा र शक्तिकान्त दास, विदेश सचिव विक्रम मिस्री, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला र अतिरिक्त सचिव मनु महावर लगायत सहभागी थिए।




खुल्ला प्रेस । ८ मंसिर २०८३, सोमबार १३:१९