दैलेखः दैलेखको भगवतीमाई गाउँपालिका स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा पहिलो भएको छ । जिल्लाका ११ स्थानीय तह मध्य भगवतीमाई पहिलो भएको हो ।
जिल्ला समन्वय समितिको कार्यालय दैलेखले सार्वजनिक गरेको स्थानीय तहको नतिजामा स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा (एफ आर ए) मा सबै भन्दा बढि ९६.५ अंक ल्याएर पहिलो भएको छ ।
आर्थिक बर्ष २०७८÷०७९ को स्थानीय तह संस्थागत मुल्याङ्कन(एल आइ एस ए)मा भने नारायण नगरपािलका ८८.५ अंक ल्याएर पहिलो भएको छ । वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा ९६.५ अंक ल्याएको भगवतीमाई संस्थागत मुल्याङ्कनमा भने ७६ अंक ल्याएको छ । संस्थागत मुल्याङ्कनमा पहिलो भएको नारायणले सुशासनमा ७८.५ ल्याएको छ ।
भैरवी गाउँपालिका दुई वटै मुल्याङ्कनमा कम्जोर देखिएको छ । उसले वितिय सुशासनमा ४९ अंक पाएको छ भने संस्थागत मुल्याङ्कनमा ३७ अंक पाएको छ ।
भगवतीमाई गाउँपालिकाका अध्यक्षे गणेश थापाले भने–भगवतीमाई गाउँपालिका शुसासनमा पहिलो हुनुमा यहाँका कर्मचारी जनप्रतिनिधि तथा सबैको देन रहेकोले उहाँहरुलाई धन्यवाद दिन चाहान्छु ।
खुल्ला प्रेस । २ फाल्गुन २०७९, मंगलवार १९:४७