एमाले महाधिवेशन : कर्णालीका चार जिल्लाबाट ४३ प्रतिनिधि चुनिए

सुर्खेत : मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने नेकपा (एमाले) को दशौँ महाधिवेशनका लागि कर्णालीका विभिन्न जिल्लाबाट एमालेले प्रतिनिधि चयन गर्ने काम थालेको छ।

हालसम्म कर्णालीका चारवटा जिल्ला (कालिकोट, जाजरकोट, हुम्लार दैलेख) मा एमालेले सर्वसम्मत महाधिवेशन पदाधिकारीको टुंगो लगाएको छ। महाधिवेशनका लागि एमाले हुम्लाले ११ प्रतिनिधिको नाम टुंगो लगाएको छ।

एमाले हुम्ला अध्यक्ष दल रावलका अनुसार महाधिवेशन प्रतिनिधि चयन हुनेहरूमा दल रावल, दल फडेरा, ज्ञानी बुमी, डबल रावत, पूर्णप्रसाद ढकाल, नोजंग तामाङ, सौमती ऐडी रूपा शाही रहेका छन्। त्यस्तै दलित तर्फबाट कालीबहादुर नेपाली, सुनमती दमाई महाधिवेशन प्रतिनिधिमा चयन भएका छन्।

त्यस्तै (नेकपा) एमाले कालिकोटले शनिबार महाधिवेशनका लागि १४ जना प्रतिनिधिको छनोट पनि सर्वसम्मत गरेको छ। एमाले कालिकोटका अध्यक्ष नागेन्द्र शाहीका अनुसार खुलाबाट नगेन्द्र शाही, रमेश शाही, दक्षिणा शाही, भरतराज धिताल, राजेन्द्र थापा, वीरेन्द्र बोगटी, टेकबहादुर बुढा र वकिल बम छानिएका छन्।

त्यस्तै महिलाबाट पार्वती सिंह र तारा शाही छानिएका छन् भने दलितबाट नरपति लुहार, कर्णजीत विक, व्यासी तिरुवा र गोमा नेपाली चुनिएका छन्।

त्यस्तै एमाले अधिवेशनका लागि जाजरकोटबाट ९ जना पदाधिकारी चुनिएका छन्। एमाले जाजरकोटका अनुसार महाधिवेशनका लागि सबै प्रतिनिधि सर्वसम्मत चयन भएको छन्।

चयन हुनेहरूमा खुलाबाट करवीर शाही, लालबहादुर महतारा, डम्बरबहादुर सिंह, सीपी घर्ती, वेदबहादुर शाही, प्रेमप्रसाद घर्ती सर्वसम्मत चयन भएका छन्।
त्यस्तै महिला खुल्लामा कौशिला खत्री (शाही) र हरिकला जैसी चयन भएका छन् भने  दलितबाट नवेन्द्र नेपाली सर्वसम्मत चयन भएका हुन्।

त्यस्तै दुईवटा निर्वाचन रहेको दैलेखमा भने (नेकपा) एमाले निर्वाचन क्षेत्र नम्बर १ मात्रै नौजना महाधिवेशन प्रतिनिधिको टुंगो लगाएको छ।

नेकपा एमाले दैलेखका अध्यक्ष रवीन्द्रराज शर्माका अनुसार महाधिवेशन प्रतिनिधि छनौट हुनेमा खुलातर्फ रवीन्द्रराज शर्मा, प्रेमबहादुर थापा, तेजबहादुर चन्द, रत्नबहादुर खड्का, लोमन शर्मा र टोपबहादुर बिसी छन्। यस्तै महिलाबाट मीनासिंह रखाल र सूर्यकुमारी श्रेष्ठ, दलितबाट अमर नेपाली र गोपाल नेपाली रहेका छन्।

त्यस्तै दैलेखको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि टुंगो लगाउने नसक्दा मतदान गर्नुपर्ने एमालेले जनाएको छ। जसमा खुलातर्फ ८ जनाको कोटामा ३३ जनाले उम्मेदवारी दिएका छन्। महिलातर्फ तीनजनाको सिटमा दशजनाले उम्मेदवारी दिएका छन्।

कर्णालीका बाँकी जिल्लामा एमालेले कसलाई पदाधिकारी चुन्ने भनेर छलफल चलिरहेको एमाले कर्णाली प्रदेशले जनाएको छ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५