ठाटिकाँध घटनाका घाइते ४ जनालाई हेलिकप्टर मार्फत उपचारको लागि सुर्खेत लगियो ।

दैलेखः पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका—४, धनकोट भन्ने ठाउँमा एक जना व्यक्तिले धारिलो हतियार प्रहार गर्दा एकै परिवारका चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार, आज बिहान करिब ५ बजेतिर अन्दाजी ३६/३७ वर्षीय बमबहादुर रावलले सोही स्थानका चन्द्रबहादुर पुन मगरको घरमै पसेर अन्धाधुन्ध हतियार प्रहार गरेका थिए ।

बाँकी २५ वर्षीया भाइबुहारी महेसरा पुन तथा छोरीहरू २० वर्षीया लक्ष्मी पुन र २३ वर्षीया तिला पुन मगर घाइते भएका छन् ।

घाइतेमध्ये बिमाको टाउको र अनुहारमा गहिरो चोट लागेको छ भने महेसराको दुवै हत्केला छिनेको दैलेख प्रहरीले जनाएको छ।

उनीहरू दुवैको अवस्था गम्भीर छ । त्यस्तै, लक्ष्मी र तिलाको अवस्था भने मध्यम रहेको छ । घाइते चारै जनाको हाल स्थानीय मेडिकलमा उपचार भइरहेको छ । गम्भीर घाइतेलाई थप उपचारका लागि अन्यत्र रेफर गर्ने तयारी भइरहेको दैलेख प्रहरीले जनाएको छ । आक्रमण गर्ने बमबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

घाइते भएका ४ जना  चन्द्र बहादुर पुन श्रीमति २५ बर्षकी मैसरा पुन, उनकी २० बर्षिया छोरी लक्ष्मी पुन, २३ बर्षिया तिला पुन र उनकै ३ महिनाकी छीरी जानकी रोका मगरलाई उपचारका लागि हेलिकप्टर मार्फत कर्णाली प्रदेश अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५