अध्यादेशमार्फत चार ऐन संशोधन गर्ने सरकारको निर्णय

भूमि प्रशासन, नापजाँच, मालपोत र भू-उपयोगसम्बन्धी कानुनी व्यवस्था संशोधन गरिँदै

काठमाडौँः सरकारले भूमिसम्बन्धी चार वटा ऐन संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ।

बुधबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले भूमि सम्बन्धी ऐन, २०२१, जग्गा (नाप जाँच) ऐन, २०१९, मालपोत ऐन, २०३४ र भू-उपयोग ऐन, २०७६ का विभिन्न व्यवस्था संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको सिंहदरबारस्थित उच्च स्रोतले प्रशासनलाई बतायो।

स्रोतका अनुसार भूमि प्रशासन, जग्गाको नापजाँच, मालपोत तथा भूउपयोगसम्बन्धी विद्यमान कानुनी व्यवस्थामा देखिएका समस्या सम्बोधन गर्ने गरी अध्यादेश ल्याउन लागिएको हो।

मन्त्रिपरिषद्को निर्णय अनुसार अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिनेछ। अध्यादेशमा चारवटै ऐनका कुन-कुन व्यवस्था संशोधन गरिएको छ भन्ने विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः [email protected],[email protected] सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५