नेकपा समाजबादीका नगर कमिटी अध्यक्ष एमालेमा फर्किए

 दैलेखः दैलेखको चामुण्डा नगरपालिकाका नेकपा एकीकृत समाजवादी पार्टीका नगर अध्यक्ष लक्षिराम केसी एमालेमा प्रवेश गरेका छन् ।

आइतबार समाजवादी चामुण्डाबिन्द्रासैनी नगर कमिटी अध्यक्ष केसीसहितको टोलीले एक विज्ञप्ति जारी गर्दै एमालेमा प्रवेश गरेका हुन् ।

केसीलाई नेकपा एमालेका केन्द्रीय सदस्य राजबहादुर बुढा, एमाले कर्णाली प्रदेश सदस्य सूर्यबहादुर शाही, भरत शाही र जिल्ला कमिटी सदस्य शेरबहादुर रावत लगायतले स्वागत गरेका हुन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५