दुल्लुका वडा अध्यक्ष बिपन्नका सारथी

दैलेखः दुल्लु नगरपालिका वडा नम्बर ८ बस्ने ४६ बर्षकी गगनसरा बिष्टको माघ ८ गते घर नजिकै घाँस काटने क्रममा रुखबाट लडेर ढाडको हड्डी भाँचियो । मजदुरीका लागि भारत गएका श्रीमान् उतै मजदुरीमै थिए । लालाबाला सहित एक्लै घर ब्यबहार चलाईरहेकी गगनसराको रुखबाट खसेपछी उपचारका लागि न उनिसंग पैसा थियो न त साथमा श्रीमान् नै । उनिसंग हस्पिटल सम्म जाने पैसा थिएन ।

यो खबर पाएका वडा अध्यक्ष शुशिल कुमार भन्डारीले तत्काल उनको उपचारको लागि वडाकोसिफारिस मात्रै गरेनन् । उनको उपचारको लागि दुल्लुनगरपालिका सम्म आफै पुगेर उपचारको लागि पहल गरे । र नगरपालिकाबाट समेत उपचारको लागि सिफारिस भएपछी क्षेत्रिय अस्पताल कालागाँउ सुर्खेतमा आफै पुगेर उनको प्रत्यक्ष उपचारमा संलग्न भएका छन् ।

जनप्रतिनिधीहरु प्रतिको लोकप्रियता घटीरहेका बेला दुल्लु नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष शुशिल कुमार भन्डारी भने जनताको सेवामा तल्लीन रहने गरेका छन् ।
उनले गाँउमा रहेका बिपन्न र गरिव परिवारका लागि जुनसुकै अप्ठेरो परेका बेला आफै खटिएर जनतासंग सुख दुख्ख साटने गरेका छन् । उनि भन्छन गाँउमा गरिवी धेरै छ, बिपन्नहरु धेरै छन् । सबैलाई आवश्यकता अनुसारको सेवा सुविधा दिन नसकिएपनी गरिवीकै कारण ज्यान गुमाउनु पर्ने अवस्था आउन नदिन प्रयत्न गरिरहेको छु ।

गगनसराका श्रीमान उदय बहादुर बिष्ट भारतमा ज्याला मजदुरी गरेर जिबिका चलाउँदै अाएकाे र घरमा श्रीमतीले छाेराछाेरीकाे हेर्चाह गर्दै अाए पनि डाढकाे हड्डी भाचियपछी उनकाे परिवार बिचल्लित भएकाे छ ।  ४ जना छाेरा छाेरी सहित खर्च धान्न समस्या रहेकाे भँदै अाफु मजदुरी गर्न भारतमा पसेकाे उनका श्रीमान बताए ।

अहिले गगन सरालाइ उपचाारकाे लागि भारतबाट श्रीमान सुर्खेत पुगि सकेका छन् । घरमा अामाबाबु नभए पछि छाेराछाेरीले विद्यालय जान पाएका छैनन् । अार्थिक अवस्था कम्जाेर भएकै कारण जेठी छाेरी तारा बिष्ट पहिले नै पठाइ छाडि सकेकी छन् ।  एउटा १२ बर्षकाे छाेरा ५ कक्षा पढ्दै छन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५