दैलेख: कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिम बहादुर शाहीले कर्णाली सरकारको मूल ढोकामा यहाँका जनताको आवश्यकता, आंकाक्षा पिडा र चुनौतीहरू रहेकोले यी सबै समस्याहरूलाई समाधान गरिने गरिने बताएका छन् । मन्त्री शाहीले कर्णाली प्रदेश सरकार विश्वभर फैलिरहेको महामारीको रूपमा रहेको कोभिड–१९ को विरुद्धमा लड्नको लागि निरन्तर लगनशील भएर लागिरहने प्रतिबद्धता गरे । उनले शुक्रवार नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशको आयोजनामा दुई दिने प्लानिङ वर्कसप कार्यक्रमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् कोभिड –१९ ले स्वास्थ्य क्षेत्र तहसनहस पार्नुका साथै देशभर आर्थिक, सामाजिक, भौतिक विकास, उद्योग धन्दा, व्यापार व्यवसायमा ठुलो असर गरेकोले यी सम्पूर्ण समस्याहरूको समाधानका लागि कर्णाली सरकार प्रतिबद्ध रहेको बताए । उनले भने कोभिड –१९ को न्यूनीकरण र प्रतिकार्यका लागि कर्णाली प्रदेश सरकार लागि परेको छ ।
यसै गरी रेडक्रसले योजना तयारी गर्दा कोभिडले थलथल परेको क्षेत्रलाई विकास साझेदारी सहयोगीको रूपमा प्रभावकारी भूमिका रहनेमा आफू विश्वस्त रहेका सम्मेत बताएका छन् नेपाल रेडक्रस हरेक विपदमा आग्रह स्थानमा रहने गरेकोले रेडक्रसलाई सहयोग गर्नको लागि कर्णाली प्रदेश सरकार तयार रहेको बताउँदै आयोजक प्रति धन्यवाद समेत दिए ।




खुल्ला प्रेस । ६ फाल्गुन २०७८, शुक्रबार २०:२१