जेठ १४ देखि लगातार चार दिन सार्वजनिक बिदा

काठमाडौँ : यही जेठ १४ गतेदेखि लगातार चार दिन सार्वजनिक बिदा हुने भएको छ। सरकारले १४ गते पनि बिदा दिने निर्णय गरेसँगै सरकारी कार्यालय, विद्यालयलगायत चार दिन बन्द हुने भएको हो ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति निकालेर जेठ १४ गते बकर ईद (ईद–उल–अजहा) को अवसरमा बिदा दिने निर्णय भएको जानकारी दिएका छन्।

१५ गते शुक्रबार गणतन्त्र दिवसको बिदा छ भने १६ गते शनिबार परेको छ। सरकारले आइतबार पनि बिदा दिने निर्णय गरेका कारण १७ गते पनि कार्यालय र विद्यालय खुल्ने छैनन्। १३ गतेपछि एकैपटक १८ गते खुल्नेछन्।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५