दैलेख ः विगत तिन दिन देखि सुर्खेतको काक्रेविहारमा वनभोज खाना गएका एक बालक सम्पर्क विहिन भए्का छन् । दैलेखको भगवतिमाई गाउँपालिका वडा नं- १ पगनाथ घर भई हाल वीरेन्द्र नगर नगरपालिका–९ अलायाचौर सुर्खेतमा पढाईको लागि बस्दै गरेका १४ वर्षीय प्रकाश वि।क। कार्तिक २३ गते दिउसो ४ बजेबाट सम्पर्क विहीन भएका हुन् ।
तिहारमा देउसी भैलो खेलेर जम्मा भएको रकमबाट उठेको रकमले साथीहरूसँग वनभोज खाना गएका वि.क. साँझ घरमा नआँको पारिवारिक स्रोतले जनाएको छ । उनीहरूले प्रकाशका साथी सहित विभिन्न व्यक्तिसँग सोधपुछ गर्दा समेत हाल सम्म उनको कुनै अत्तो पत्तो नरहेको र खोजिकार्य भने जारी राखिएको प्रकाशका अङ्कल निर्माण कुमार विश्वकर्माले खुल्ला प्रेसलाई जानकारी दिए ।
वीरेन्द्र नगरपालिका वडा नंं.–९को कोटिला माध्यमिक विद्यालयमा कक्षा सातमा अध्ययनरत छात्र हुन । बुवा टेक बहादुर विश्वकर्मा र आमा इन्द्रसरा विश्वकर्माका कान्छो छोरा प्रकाश वि.क. गहुँगोरो वर्ण भएका भित्री भाग हरियो र बाहिर भाग कालो डिजाइनको ज्याकेट निलो जिन्सको पाइन्ट सहितको पहिरनमा जुत्ता लगाएको बालक सम्पर्कविहीन भएको हुँदा फेला पार्नु हुने जोकोहीले पनि नजिकको प्रहरी कार्यालय अथवा आफन्तलाई जानकारी गराइदिनुहुन अनुरोध समेत गरेका छन् ।




खुल्ला प्रेस । २६ कार्तिक २०७८, शुक्रबार १९:५६