‘विवादास्पद’ नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं । सरकारले संसदमा पेश गरेको विवादास्पद नागरिकता विधेयक बहुमतबाट पारित भएको छ । आज अबेरसम्म बसेको प्रतिनिधिसभा वैठकले विधयेक पारित गरेको हो ।

गृहमन्त्री बालकृष्ण खाँडले नेपाल नागरिकता पहिलो संसोधन विधयेक २०७९ पारित गर्न संसदमा प्रस्ताव राखेका थिए । ध्वनिमतका आधारमा सभामुख अग्नी सापकोटाले उक्त प्रस्ताव पारित भएको घोषणा गरे ।

पारित विधेयकमा पहिलोपटक गैरआवासीय नेपालीहरुलाई नागरिकता दिने व्यवस्था गरिएको छ । उनीहरुले राजनीतिक अधिकारबाहेक आर्थिक र सांस्कृतिक अधिकारको उपभोग गर्नेगरी नागरिकता प्राप्त गर्ने भएका छन् ।

यसैगरी, जन्मका आधारमा नेपालको नागरिकता लिएका विदेशी नागरिकका सन्तानले वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने यस ऐनले सुनिश्चित गरेको छ । नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले कति समयपछि नेपाली नागरिकता प्राप्त गर्ने भन्नेबारे चाहिँ नागरिकतामा केही उल्लेख गरिएको छैन ।

प्रमुख प्रतिपक्षी दल एमालेका संसदहरुले नागरिकता ऐन अत्यधिक खुकुलो भएको र लाखौंको संख्यामा विदेशीहरुले नेपाली नागरिकता लिन ढोका खोल्ने भन्दै विरोध जनाएका थिए । केही संसदहरुले यो ऐनलाई ‘राष्ट्रघाति’ संज्ञा दिएका छन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५