आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखद्वारा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण

दैलेख ः आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखले ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेको छ । शनिवार जिल्लाको नारायण नगरपालिका वडा नं. ८ मा रहेको सरस्वती विद्या आश्रममा गई ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेको हो ।
आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखको आयोजनामा ज्येष्ठ नागरिक स्वास्थ्य प्रवर्द्धन कार्यक्रम अन्तर्गत शविबार उक्त विद्या आश्रममा ५० जना ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गरी उनीहरूको समस्या अनुसारको औषधि वितरण गरिएको छ ।
शविबार भएको कार्यक्रममा ५० वर्ष देखि करिब ९५ वर्ष सम्मका ज्येष्ठ नागरिक तथा अन्य नागरिकको उपस्थिति रहेको आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखका निमित्त कार्यालय प्रमुख राम प्रसाद महत्तोले जानकारी दिए । उनले दिएको जानकारी अनुसार प्रदेश तथा सङ्घ सरकारको ज्येष्ठ नागरिक प्रोत्साहन तथा प्रवर्द्धनको लागि विनियोजित बजेट अनुसार कार्यक्रम गरिएको हो । प्रत्येक महिना को दोस्रो सरिबार ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम अनुसार नै यो कार्यक्रम गरिएको हो । कार्यक्रममा उनीहरूलाई चेकजाँच र आवश्यक औषधि वितरण गरिन्छ ।


चेकजाँचका क्रममा ज्येष्ठ नागरिकहरूमा प्राय जस्तो प्रेसर, हातखुट्टा तथा शरीर दुख्ने, बाथ रोग यूरिकेसिड जस्ता समस्या धेरै देखिने गरेकाले उनीहरूलाई उचित सल्लाह सुझाव तथा निः शुल्क औषधि वितरण सम्मते गरिएको छ ।
अहीलेका युवापिढिले ज्येष्ठ नागरिकलाई हेर्ने दृष्टिकोण फरक भएको भन्दै ज्येष्ठ नागरिकलाई सबैले माया गरेर राख्नुपर्ने सरस्वती विद्या आश्रम दैलेखका अध्यक्ष सरस्वती श्रेष्ठले बताइन ।
दैलेख आयुर्वेद यस अघि जिल्लाका करिब ४ सय विद्यार्थीलाई विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । आगामी दिनहरूमा जिल्लाको ३ पालिकामा आरोग्य केन्द्र स्थापना, स्वास्थ्य शिविर, ज्येष्ठ नागरिकलाई प्रोत्साहन कार्यक्रम लगायतका अन्य कार्यक्रम गर्ने कार्यालयले जनाएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५