दैलेख : जिल्लाकाे चामुण्डा बिन्द्रासैनी नगरपालीका वडा नम्बर १ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।
नेपाल सरकारको प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रम सबै बेरोजगार जनताले नपाएको भन्दै तालाबन्दी गरिएको हो।
सबै बेरोजगार जनताका लागी बेरोजगार भत्ता कार्यक्रम आएको तर चामुण्डा बिन्द्रासैनी नगरपालिका रोजगार शाखा तथा वडा जनप्रतिनिधिले आफ्नालाइ मात्र दिएको र अरु जनताले रोजगार नपाएको भन्दै तालाबन्दी गरिएको बताइएको छ।
सो गुनासो वडा अध्यक्ष समक्ष पटक पटक राख्दा पनि सुनुवाइ नहुदा तेस्का विरुद्ध बुधबार वडा कार्यलयमा तालाबन्दी गरिएको स्थानिय पवन तामाङले बताएका छन् ।

हाम्राे जानकारी
तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५



खुल्ला प्रेस । ७ पुष २०७८, बुधबार २१:३८