देउवा समूहको दैलेख सभापतिमा हमाल निर्वाचित

सुर्खेतः नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको दैलेख जिल्ला सभापतिमा दिनेश हमाल निर्वाचित भएका छन्।

बिहीबार भएको जिल्ला अधिवेशनले उनलाई सर्वसम्मत सभापति निर्वाचित गरेको हो।

हमाल पूर्वमहाधिवेशन प्रतिनिधि हुन् । अन्य पदाधिकारीको भने केही दिनमा टुङ्गो लाग्ने उक्त समूहका युवा नेता विनोदकुमार शाहीले जानकारी दिए।

यसअघि जिल्लाका दुई वटै निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भएको थियो। क्षेत्रीय अधिवेशनबाट निर्वाचन क्षेत्र नम्बर १ मा विनोदकुमार मल्ल र निर्वाचन क्षेत्र नम्बर २ मा नैनबहादुर शाही क्षेत्रीय सभापतिमा निर्वाचित भएका थिए।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५