रुममा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुँदै, विजेतालाई ७५ हजार पुरस्कार

दैलेखः दैलेखको भगवतीमाई गाउँपालिका-२ नं. वडा कार्यालयले वडास्तरीय पुरुष भलिबल प्रतियोगितासहित सांस्कृतिक महोत्सव आयोजना गर्ने भएको छ। वडा कार्यालयको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत युवा तथा खेलकुद कार्यक्रममार्फत प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।

वडा खेलकुद विकास समितिको समन्वय तथा वडा कार्यालयको आयोजनामा हुने प्रतियोगिता २०८३ साल  मंसिर ११ गतेदेखि १४ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिता वडा कार्यालयको खेलमैदानमा बिहान १० बजेदेखि सुरु हुने सूचनामा उल्लेख छ।

प्रतियोगितामा प्रथम हुने टिमले ७५ हजार १सय ५१ रुपैयाँ, द्वितीय हुनेले ४५ हजार १सय५१ रुपैयाँ र तृतीय हुने टिमले २५ हजार १सय ५२ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै उत्कृष्ट खेलाडीलाई ३ हजार रुपैयाँ तथा बेस्ट स्पाइकर र उदयमान खेलाडीलाई जनही १ हजार ५०० रुपैयाँ प्रदान गरिनेछ।

प्रतियोगितामा सहभागी हुन खेलाडी सम्बन्धित वडाको स्थायी बासिन्दा हुनुपर्ने र नागरिकता तथा जन्मदर्ता अनिवार्य पेस गर्नुपर्नेछ। एउटा वडाबाट एउटा मात्र टिम सहभागी हुन पाउने व्यवस्था गरिएको छ। प्रत्येक टिममा खेलाडी र प्रशिक्षकसहित ११ जना हुनुपर्नेछ।

टिम दर्ता शुल्क ५ हजार ५०० रुपैयाँ तोकिएको छ। दर्ताको अन्तिम मिति भदौ १० गते दिउँसो १ बजेसम्म रहेको खेल संयोजक भुपेन्द्र शाहिले जानकारी दिए ।

खेल प्रतियोगिताले स्थानीय युवाको खेल प्रतिभा उजागर गर्नुका साथै खेलकुदको विकास, आपसी सद्भाव र सांस्कृतिक पहिचान प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिएको वडा अध्यक्ष दिपक रावतले बताएका छन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५