दैलेख: दुल्लु नगरपालिका सात पटाङगीनिमा बुधबारदेखि उद्घोषण बोल्नेकला तथा आधारभुत पत्रकारीता सम्बन्धी एक हप्ते तालिम औपचारीक रुपमा सुरु भएको छ ।
क्षमता अभिवुद्धि तथा दक्ष जनशक्ति उत्पादनका लागि उद्घोषण बोल्ने कला र पत्रकारीता तालिम भन्ने नाराका साथ सुरु गरिएको उक्त तालिमको उद्धघाटन दुल्लु नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीको प्रमुख आतिथ्यतामा गरिएको साझा संचारका अध्यक्ष कृष्ण शर्माले जानकारी दिए ।
उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख भण्डारीले तालिम पश्चात सहभगिहरुमा ब्यक्तित्व विकास मात्र नभई असल नेतृत्वस्थपित समेतको ठुलो अपेक्ष राख्न सकिने धारण ब्यक्त गरे । सोहि कार्यक्रममा आफ्नो धारणा राख्दै नेकपा एमाले जिल्ला कमिटि सदस्य नविन कुमार योगीले यस प्रकारका तालिमबाट असल नागरिक तयार भई आम संञ्चार क्षेत्रमा पृथक खालको सचेत अभ्यास विकासमा टेवा पुग्ने आशा गरेका छन् ।
नेपालि कांग्रेस क्षेत्र नं. २ का क्षेत्रिय सभापति भरत रिजालले लोकतान्त्रीक पद्धतीको स्थाईत्वका लागि जिम्मेवार र सचेत नागरिक विकासमा तालिमले मद्धत गर्ने विश्वास ब्यक्त गर्दै तालिम सलताको शुभकामना ब्यक्त ब्यक्त गरे ।
विगत एक दशक देखि देशभरका थुर्पै ठाउँहरुमा तालिम संचालन गर्दै आएको साझा संञ्चार नेपाल प्रा.लि चावहिल काठमाण्डौको आयोजनामा उक्त तालिम संञ्चालन गरिएको हो । हाल सम्म सयौको संख्यामा पत्रकारिता तथा आम संञ्चारका क्षेत्रमा सक्रिय जनशक्ति उत्पादन गरीसकेको उक्त संस्थाको दावि छ ।
तालिम पश्चात सहभागिहरुम लेखनसिप तथा नेतृत्व विकास गराउनुका साथै आधारभुत पत्रकारीता तालिम प्रदान गरी समाजका ज्वलन्त गतिविधि हरुमा रचनात्मक भुमिका निर्वाहागरी समृद्ध समाज निमार्णमा टेवा पु¥याउने मुख्य उदेश्य रहेको आयोजक टिमले जनाएको छ । तालिममा करिब दुई दर्जन बढि प्रशिक्षार्थीहरुको उत्साहापुर्ण सहभागिता रहेको तालिम संयोजक केशव राज पौडेलले जानकारी दिएका छन । तालिम यहि चैत २९ गत्ते सम्म संञ्चालन हुनेछ ।




खुल्ला प्रेस । २३ चैत्र २०७८, बुधबार २१:३६