दैलेख: दैलेखमा प्रादेशिक दैलेख महोत्सव–२०८० हुने भएको छ । ‘‘उद्यम, कृषि, पर्यटन र व्यापार समृद्ध दैलेखको मूल आधार’’ भन्ने नाराका साथ प्रादेशिक दैलेख महोत्सव हुन लागेको हो ।
उघोग वाणिज्य सङ्घ दैलेखको आयोजनामा यही माघ २६ गते देखि फागुन छ गते सम्म कर्णाली प्रदेश स्तरीय व्यापार मेला गर्ने लागिएको दैलेख उद्योग वाणिज्य सङ्घका महाँसचिब प्रकाश पौडेलले जानकारी दिए ।
बुधवार नेपाल उघोग वाणिज्य महासङ्घ, केन्द्रीय कार्यालय काठमाडौँ भएको पत्रकार सम्मेलनमा दैलेख उघोग वाणिज्य सङ्घले कर्णाली प्रदेश स्तरीय, कर्णाली प्रदेश औघोगिक, कृषि, पर्यटन तथा व्यापार मेला–२०८० गर्न लागिएको जानकारी गराइएको छ ।
करिब १० दिन सञ्चालन हुने महोत्सवमा तिन सय भन्दा बढी व्यापारिक स्टलहरू रहने दैलेख उद्योग बार्णिज्य सङ्घका अध्यक्ष कुल बहादुर वि.कले बताए । उनले बताए अनुसार बिहीबार काठ्माण्डौमा नेपाल उद्योग वाणिज्य महासङ्घको समन्वयमा दैलेख उद्योग वाणिज्य सङ्घले कार्यक्रम गरेको छ । महोत्सवमा राखिएका स्टलहरूमा तरकारीका बिउ बिजन, घरेलु उघोगबाट निर्मित छालाका जुत्ता गार्मेन्ट, स्थानीय कच्चा पदार्थबाट निर्मित मालसामानहरू लगायत सूचना प्रविधिसम्मको प्रदशनिमा गर्ने व्यवस्थापन मिलाइएको छ ।
प्रदेश स्तरीय मेला हुने भएकोले उक्त कार्यक्रम भव्य र सव्य रूपमा सञ्चालन गर्न आवश्यक तयारीहरूमा लागेको र उक्त मेला अवलोकन गर्न कर्णाली प्रदेश लगायत विभिन्न ठाउँहरूबाट करिब एक लाख भन्दा बढी दर्शक आउने अनुमान गरिएको छ । महोत्सव अवधिभर करिब दुई करोडभन्दा बढी कारोबार हुने दैलेख उघोग वाणिज्य सङ्घले जानकारी दिएको छ ।
हिन्दुपुरान तथा श्रीस्थान ब्रतकथामा आधारित धार्मिक पर्यटकीय स्थलहरूको प्रचार गर्दै आन्तरिक तथा बाह्य पर्यटक जिल्लामा प्रवेशको वातावरण सिर्जना गर्ने, स्थानीय लोक संस्कृतिको संरक्षण गर्ने, दैलेखलाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्ने, दैलेखको कला संस्कृतिलाई देशव्यापी रूपमा चिनाउने, वर्तमान दैलेखको विकास स्थिति झल्काउने, लोप हुन लागेका सांस्कृतिक सम्पदा र परम्परागत जीवनशैलीलाई प्रतिनिधित्व गर्ने प्रविधि र संसाधनहरूको जगेर्ना गर्ने,स्थानीय परम्परागत सिप, कला र सांस्कृतिक संरक्षण र प्रवर्द्धन गर्ने, हस्तकला व्यवसायको प्रवर्द्धन गरी लगानीका अवसर सृजना गर्ने, धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक क्षेत्रहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्ने, कृषि उपज बस्तुको बजार प्रवर्द्धन गर्ने र गार्मेन्ट तथा छालाका जुताको प्रचार गर्ने। १५ वटा उद्देश्य राखिएको छ
महोत्सवमा सि.सि.टि.भि.सहितको सुरक्षा व्यवस्था, टेलिफोन तथा इन्टरनेटको व्यवस्था पोटोप्राफरको व्यवस्था गरिएको जानकारी छ । महोत्सव प्रदर्शनीको लागि साधारण टिकट शुल्क रु. १०० र भिआइपी टिकटको लागि रु.१५सय रुपैयाँ तोकिएको छ ।
खुल्ला प्रेस । ४ माघ २०८०, बिहीबार १४:०६