दैलेख ः दुल्लु नगरपालिकामा गत साता भएको घटनाका दोषीलाई कार्वाही नभए सम्म विभिन्न संगठनले काम गर्ने नसकिने बताएका छन् ।
शुक्रबार ५ संगठनले सयुक्त रुपमा बिज्ञाप्ती जारी गर्दै नेपाल विद्युत प्राधिकररण अन्तर्गत दुल्लु फ्युज सेवा दुल्लुमा कार्यरत कमचारीहरु माथि सांघातीक आक्रमण गरी ज्यान मार्ने नियतले निर्घात कुटपिट गरीएकोमा घोर आपत्ति जनाउदै दोषि माथि कार्वाही नभए सम्म फिल्डका कुनै पनि काम गर्न नसकिने बताएका हुन् ।
नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन सहित छ संगठन हताक्षर भएको विज्ञप्तीमा भनियको छ । साउन २० गते दुल्लु नगरपालिका वडा नं. ५ मा लाईन मर्मत गरेर फकर्ने क्रममा दुई जनालाई मदिरा सेवन गरिएका ब्यक्तिहरुले हमाला गरि कुटपिट गरेकाले र नयाँ÷ नयाँ फोन नम्बरबाट फोन गरि ज्यान मार्ने धम्की दिईरहेको हुँदा फिल्डमा काम गर्ने कमचारीको मनोबल कम्जोर बनाउने यस्ता क्रियाकलापमा संलग्नहरुलाई कार्वाही गर्नुपर्ने भए पनि हाल सम्म प्रहरी प्रशासन तथा नेपाल विद्युत ब्यवस्थापनले कुनै पनि कार्वाही अडाडी नबडाएकोले दोषीमाथि कार्वाही नभएसम्म फिल्डको काम गर्ने सकिदैन् । फिल्डमा काम गर्ने कर्मचारीको जिउघनको सुरक्षा अनुभुति हुने गरी कार्वाही नगरिदा सम्म फिल्डको काम गर्ने नसकिने ब्यहोरा जानकारी गराछौँ ।
यस्ताे छ बिज्ञप्ती
खुल्ला प्रेस । २७ श्रावण २०७९, शुक्रबार २२:४७