एकीकृत समाजवादीका चन्द्रबहादुर शाही कानुनमन्त्रीमा नियुक्त

सुर्खेत: कर्णाली प्रदेशमा नेकपा एकीकृत समाजवादीका चन्द्रबहादुर शाही आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएका छन्।

शाही समाजवादीका संसदीय दलका नेता समेत हुन्। नवनियुक्त मन्त्री शाहीले केही बेरमै शपथ लिने कार्यक्रम छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मंगलबार उनलाई मात्रै नियुक्त गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ।

बाँकी मन्त्रीहरु भने मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिएपछि मात्रै नियुक्त हुनेछन्। केही दिनमै संसद् बैठक बोलाउने र विश्वासको मतपछि मात्रै बाँकी मन्त्रीहरु नियुक्त हुने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५