ग्रामीण अल्ट्रासाउन्ड घुम्ती शिविरले गर्भवतीलाई फाइदा

दैलेख: ग्रामीण अल्ट्रासाउन्ड घुम्ती शिविरले महिलाहरुलाई फाईदा गरेकाे छ ।  भगवतीमाई गाउँपालिकाले स‌चालन गरेकाे ग्रामीण अल्ट्रासाउन्ड घुम्ती शिविरले महिलालाई फाइदा गरेको हो । भगवतीमाई गाउँपालिकाले सञ्चालन गरेको गर्भवती महिलाहरूका लागि ग्रामीण अल्ट्रासाउन्ड घुम्ती शिविरबाट एक सय भन्दा बढी गर्भवतीले सेवा लिएका छन् ।

गाउँपालिकाले यही माघ १६ गतेदेखी २३ गतेसम्म गाउँपालिकाका विभिन्न स्वास्थ्य चौकीहरूमा सञ्चालन गरेको घुम्ती शिविरमा १ सय ४ जना गर्भवतीले सेवा लिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टिकाराम विष्टले जानकारी दिए । घुम्ती शिविरमा उपचार सम्भव नभएका १ सय ४ जना गर्भवती मध्ये ४ जनालाई थप उपचारका लागि जिल्ला अस्पताल दैलेखमा रिफर गरिएको स्वास्थ्य शाखा प्रमुख विष्टले बताए ।

ग्रामीण भेगका गर्भवती महिलालाई सहज सेवा पुर्‍याउने उद्देश्यले घुम्ती शिविर सञ्चालन गरिएको उनकाे भनाइ छ । गाउँपालिकाले पूर्वाधार विकास लगायत नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने कामलाई अघि बढाउँदै गएको उपाध्यक्ष मिना कुमारी खड्काले बताइन। उनले घरघरमा गर्भवती जाँच, ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण लगाएका कामहरू निरन्तर सञ्चालन गरिरहेको बताइन । गाउँपालिकामा १० शय्याको अस्पताल सञ्चालनमा रहेको जानकारी दिँदै पालिकामा रहेका ७ वटै वडामा वर्थिङ सेन्टर समेत सञ्चालनमा रहेको बताइन । १० शय्याको अस्पतालबाट एक्स–रे, भिडियो एक्स–रे, लगायतका सेवाहरू नियमित सञ्चालन भइरहेको उपाध्यक्ष खड्काले बताएकी छन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५