दैलेख: जिल्लाको भगवतीमाई गाउँपालिकाका ६ वटा वडामा विद्युत सुचारु गरिने भएको छ ।
शुक्रवारबाट ६ वडाका २४ वटा ट्रान्सफर्मरमा बिद्युत सुचारु गर्ने लागिएको भगवतीमाई गाउँपालिकाका अध्यक्ष दान बहादुर थापाले जनाकारी दिए ।
स्थानीय सरकार आयपछि गाउँपालिका भरी विद्युतीकरण गर्न पहल थालिएकोमा कोरोना भाइरस तथा अन्य प्राविधिक कारणले केही समय ढिला भए पनि शुक्रवार २४ वटा ट्रान्सफर्मरमा विद्युत सुचारु गर्न लागिएको भन्ने गाउँपालिकाले सुचना प्रकाशित गरेको छ ।
गाउँपालिकाबाट प्रकाशित सुचना अनुसार विद्युत सुचारु गर्ने लागेकोले कोही कसैले पोल तथा तार नछुनको लागि अनुरोध गरेको छ ।
यस्तो छ गाउँपालिकाले जारी गरेको सुचना ।





खुल्ला प्रेस । १३ फाल्गुन २०७८, शुक्रबार ११:२८