नेपाल प्रिमियर लिग (एनपीएल) मा डीआरएस प्रविधि लागू भएसँगै खेल समय परिवर्तन भएको छ । तेस्रो संस्करणको एनपीएलको खेल समय परिवर्तन गरिएको हो ।
डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रविधि लागू हुने भएसँगै यसअघि सार्वजनिक गरिएको खेल तालिकाको समयमा केही परिवर्तन गरिएको नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
विशेषगरी, दैनिक दुई वटा खेलहरु हुने दिनमा पहिलो खेल दिनको दिउँसो साढे १२ बजेदेखि शुरु हुनेछ भने दोस्रो खेल बेलुका ५ बजेका लागि तय गरिएको छ ।
त्यसैगरी एक मात्र खेल हुने दिनमा बेलुका ५ बजेदेखि खेल शुरु हुनेछ । यसअघि दुई वटा खेल हुने दिनमा दोस्रो खेल दिउँसो साढे ४ बजेका लागि राखिएको थियो । त्यस्तै दैनिक एक मात्र खेल हुने दिन दिउँसो साढे ४ बजे शुरु हुने तय भएको थियो ।
एनपीएल यही कात्तिक ९ देखि शुरु हुँदैछ । उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सले खेल्नेछन् ।




खुल्ला प्रेस । ५ कार्तिक २०८३, बुधबार ०८:१३