सरकार खाेज्दै अनेरास्ववियु

दैलेख : सरकार खाेज्दै अनेरास्ववियुले दैलेखमा प्रर्दशन गरेकाे छ । सरकार कहाँ हरायो ? टर्च लगाएर सरकार खोज्न उठौँ भन्दै अनेरास्ववियुले सांकेतिक आन्दोलन गरेको हो ।

स्थानीय तहको निर्वाचन तत्काल घोषणा गर्नुपर्ने, पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता लिनुपर्ने लगाएतका माग गर्दै शुक्रबार दैलेख सदरमुकाममा प्रर्दशन गरेकाे छ ।

अनेरास्ववियुले भारतले नेपालको भूमि मिचेको सन्दर्भमा सरकारको जवाफ माग गर्दै मिचिएको भूमि फिर्ता हुनुपर्ने माग समेत गरेको छ । सदरमुकाममा गरिएको प्रर्दशनपछि अनेरास्ववियु स्थायी कमिटि सदस्य नविन योगीले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा योगीले गठबन्धन सरकारले जनतालाई राहत नभई आहात दिएको बताए ।

अनेरास्ववियु कर्णाली प्रदेश सह–ईन्चार्ज समेत रहेका योगीले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा भारतले एकपक्षीय सडक निर्माण कार्य गरिरहँदा समेत सरकारको मौनता गम्भिर प्रश्न जन्माएको बताए । उनले नेपाली भूभागमा नेपालको व्यवहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न सरकारसँग माग समेत गरेका छन् । वर्तमान सरकार नसुध्रिए अनेरास्ववियुले थप रचनात्मक आन्दोलन अगाडी बढाउने समेत घोषणा गरेका छन् ।

प्रर्दशनका क्रममा अनेरास्ववियुले स्थानीय तहको निर्वाचन तत्काल घोषणा गर, देशको सिमा मिचिएको छ ढुंगा बोल्ला तर सरकार बोल्दैन, सिटामोलको हाहाकारमा जनता हामी मन्त्रीज्यूलाई पिर्के सलामी, २४ लाख खोप खै सरकार, टर्च लगाएर सरकार खोज्न उठौँ, सरकार कहाँ हरायो ? जस्ता नाराहरु लगाएका थिए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५