फोटो पत्रकार महासंघ कर्णालीको अध्यक्षमा केसी

दैलेखः  नेपाल फोटो पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्षमा गोविन्द केसी चयन भएका छन्।

महासंघको शनिवार वीरेन्द्रनगरमा सम्पन्न दोस्रो अधिवेशनले केसीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। समितिको उपाध्यक्षमा ज्योती कटुवाल, सचिवमा तीर्थ भण्डारी, सह–सचिवमा नविन शाही र कोषाध्यक्षमा अप्सरा विष्ट चयन भएका छन्।

यस्तै, सदस्यहरुमा सुरेश आचार्य, रमा केसी, सिर्जना बुढाथोकी, राकेश पौडेल, विष्णु न्यौपाने, नविन पौडेल, प्रिन्स चन्द, सुरेन्द्र सिंह, टेकबहादुर शाही, छपाल लामा चयन भएका छन्।
फोटो पत्रकार महासंघको साधारण सभामा बोल्दै नेपाल फोटो पत्रकार महासंघका केन्द्रीय सदस्य विशाल सुनारले फोटो मार्फत कर्णालीलाई विश्वमा चिनाउँन सबै लाग्नु पर्ने बताए । उनले कर्णाली सम्भावनाको खानी भएपनि त्यसलाई राज्यले चिन्न नसकेको बताए ।
नेपाल पत्रकार महासंघ सुर्खेत अध्यक्ष ललित बसेलले निर्वाचित समितिलाई बधाई दिदै हजार शब्द भन्दा एउटै फोटोले धेरै अर्थ दिने भएकाले फोटो पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने बताए।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५