दैलेखमा बढ्दै पायल्सका बिरामी

दैलेखः दैलेखमा पायल्सका विरामी बढ्दै गएको पाईएको छ । पछिल्लो समय आरामदायी जनजीवन र खानपिनका कारण दैलेखमा पायल्सका बिरामी बढ्दै गएको पाइएको हो ।
शविबार आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखको आयोजनामा जिल्लाको चामुन्द्राविन्द्रासैनी नगरपालिकामा भएको आयुर्वेद तथा योग सम्बन्धी १ दिने निःशुल्क स्वास्थ्य शिविरमा आएका बिरामीहरु मध्य अधिकाँश विरामीहरु पायल्सका बिरामी भेटिएपछि दैलेखमा पायल्सका बिरामीको संख्या बढ्दै गएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
स्वास्थ्यकर्मीका अनुसार पायल्स मलद्वारसँग सम्बन्धित रोग हो । यो समस्या भएपछि दिसा गर्दा दुख्ने र विस्तारै रगत देखिने,मलद्वारमा रगतका सानासाना नलीहरु हुन्छन् । पायल्स भएमा ती नली फुल्दै जान्छन्। यसरी फुल्लेका रगतका नलीहरु विस्तारै बाहिर निस्कन्छन् यसलाई नै चिकित्सकले पायल्स भन्ने गरेको आयुर्वेद चिकित्सक डा. प्रज्ञा उपाध्यायले बताइन् । अउका अनुसार मलद्वारको समस्या भएकाले धेरैले यो समस्या लुकाउने गरेका छन् । उपचारका लागि जाँदा गोप्य अंग देखाउनुपर्ने भन्दै धेरैले खुलेर समस्या बताउन चाहदैनन् । समस्या बढ्दै गएपछि अन्तिम समयमा मात्र उपचारका लागि चिकित्सकसम्म पुग्ने हुँदा शल्यक्रिया गर्नुपर्ने अवस्था सिर्जना हुने गरेको छ ।
जयदेव माध्यामिक विद्यालयको प्राङ्गणमा संचालन गरिएको १ दिवसीय निःशुल्क आयुर्वेद तथा योग स्वास्थ्य शिविरमा चामुण्डाबिन्द्रासैनी नगरपालिकाका १ सय ३० महिला र १ सय ४३ पुरुष गरि जम्मा २ सय ७३ जनाले बिरामीले सेवा लिएका छन् ।
कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगरप्रमुख गणेश बहादुर शाहीले यहाँका नागरिकहरुको स्वास्थ्य अवस्थालाई लिएर शिबिर गरिदिएकोमा आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखलाई धन्यवाद दिए । उनले यस्ता कार्यक्रममा सबैको सहकार्य हुनुपर्ने बताउदै नगरपालिकाले पनि यस्ता कार्यक्रलाई प्राथमिकता दिएको बताए । नगरको स्वास्थय शाखाले पनि बेलाबेलामा स्वास्थ्य शिविर संचालन गर्ने गरेको जानकारी दिए । सबै भन्दा ठुलो नागरिकको स्वास्थ्य भन्दा ठुलो कुरा अरु केही नभएकोले सबै नागरिकले आ–आफ्नो स्वास्थ्यको ख्याल गर्न अनुरोध समेत गरे ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख रामप्रसाद महत्तोले जनतालाई सेवा दिने उद्देश्य भए पनि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रसंग बजेट अभाव भएका कारण स्थानीय सरकारले सहयोगको भावना विकास गरे आयुर्वेद स्वास्थ्य सेवाले निरन्तरता पाउने बताए । शिविरमा विभिन्न किसिमका सर्ने, नसर्ने रोगका बिरामी जस्तै पायल्स,बाथ अम्लपित, स्वासप्रस्वास, मुटु सम्बन्धि समस्या, माइग्रेन, पिसाब सम्बन्धि समस्या तथा महिला सम्बन्धि रोग, सेतोपानी बग्ने, महिनावारि हुने बेला पेट दुख्ने समस्या भएका बिरामीलाई डाक्टरहरुले चेकजाँच गरेका थिए । शिविरमा ३४ किसिमको औषधी वितरण गरिएको थियो ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५