वैकल्पिक नेतृत्व तयार गर्न जरुरी

दैलेख :  पूर्व साँसद पार्वती बिशुन्केले वैकल्पिक नेतृत्व तयार गर्ने नीति योजनाहरु हुनुपर्ने बताएकी छिन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले बुधवार दैलेखमा आयोजना गरेको नेतृत्वमा महिला प्रतिनिधित्व विषयक अन्तरक्रिया कार्यक्रममा उनले सो विचार राखेकी हुन् ।

बिशुन्केले स्थानीय तहका महिला लक्षित कार्यक्रमले वैकल्पिक नेतृत्व तयार गर्न सक्ने सचेतना जगाउन नसके उहिलेदेखि अवसर लिइरहेकाहरु दोहोरिने खतरा रहेको औल्याइन् । उनले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न समुदायमा पछि पारिएकाहरुलाई उकास्न जरुरी रहेको बताइन् ।

नारायण नगरपालिकाका उपमेयर तप्ताकुमारी थापाले महिलाहरुको प्रतिनिधित्वलाई उपलब्धी मान्नुपर्ने बताउदै पद र पहुँचमा भएका महिलाहरुको क्षमता विकासमा ध्यान दिन जरुरी रहेको बताइन् । महिलालाई शिक्षा, स्वास्थ्य र रोजगार सिर्जना गर्न नगरपालिकाले काम गरिहेको उल्लेख गरिन् ।

नेपाल महिला संघका जिल्ला सभापति दुर्गा श्रेष्ठले राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा चुनिएका महिलाहरुले विना पूर्वाग्रह महिलाहरुको सर्वागीण विकासमा सहयोग पुर्याउन आग्रह गरिन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५