वास इकाईका कर्मचारीलाई पाँच दिने तालिम

दैलेख: वास इकाई का कर्मचारीहरूलाई पाँच दिने तालिम दिइएको छ । भगवतीमाई गाउँपालिका र नौमुले गाउँपालिकाको आयोजना तथा सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना (सुस्वा)को  सहजीकरणमा भाद्र ३ देखी ७ गते सम्म सञ्चालित वास क्षेत्रमा क्षमता अभिवृद्धि तथा परियोजना कार्यान्वयन सम्बन्धी तालिम दैलेख सदरमुकाममा शनिवार सम्पन्न भएको हो ।

नेपाल सरकार, फिन्ल्याण्ड सरकार युरोपियन युनियन र गाउँपालिकाको साझेदारीमा सञ्चालन भएको यो आयोजना कर्णाली प्रदेशका १० वटा जिल्लाका २१ स्थानियतहमा सञ्चालन भएको छ ।

नवप्रवेशी कर्मचारीहरूका लागी तालीमको उद्देश्य सुस्वा आयोजना लागु भएका स्थानीय तहमा आर्थिक वर्ष २०८०।८१ को वार्षिक कार्यक्रम कार्यान्वयन गर्नका लागि आयोजनाको कार्यविधि अनुसार विज्ञापन गरी छोटो सुची, लिखित मौखिक अन्तरवार्ताबाट छनौट भई आएका कर्मचारीहरूको क्षमता अभिवृद्धि होस् र परियोजना सञ्चालन प्रक्रियामा सहज होस भन्ने रहेको थियो, उक्त तालिममा खानेपानी, मर्यादित महिनावारी, विद्यालय ३ तारे पद्धति, पूर्ण सरससफाई, जलवायु अनुकूलन, लैगिंक उत्तरदायी बजेट निर्माण तथा पानी सुरक्षा योजना आदी सम्बन्धी विभिन्न क्षेत्रमा जानकारी दिइएको थियो ।

तालिम समापन समारोहको अध्यक्षता भगवतीमाइ  गाउँपालिकाका उपाध्यक्ष एवम् कार्य बाहक अध्यक्ष मिना खड्काले कर्मचारीहरूको क्षमता अभिवृद्धि तालिमले गाउँपालिकाबाट सञ्चालित सुस्वा आयोजनाको कार्यान्वयनमा कोशे ढुङ्गा हुने र कर्मचारीको क्षमता विकासमा महत्त्वपूर्ण भूमिका रहने बताएकी छन्, तालिम प्रशिक्षक सुस्वा आयोजना सुर्खेतका सुशासन विज्ञ नीराजन श्रेष्ठ लगायत सम्पूर्ण आयोजना टिमलाई समेत धन्यवाद दिए ।

तालिमको सहजीकरण आयोजनाका सुशासन विज्ञ नीराजन श्रेष्ठ वास सल्लाहकारहरू थरेन्द्र पौडेल र सूर्य थापाले गरेका थिए । तालीम समापनमा बोल्दै भगवतीमाई गाउँपालिकाका गाउँपालिकाका  प्रमुख प्रशासकीय अधिकृत बखत बहादुर खडकाले आयोजना सञ्चालनमा आफ्नो तथा पालिकाको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५