सल्यानमा बस दुर्घटना ८ को मृत्यु

सल्यान : सल्यानमा यात्रुबाहक बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। सल्यान खलंगादेखि दाङको तुलसीपुर जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस आइतबार बिहान कपुरकोट गाउँपालिका ५ थारखोलामा दुर्घटना भएको हो।

दुर्घटनामा ५ जनाको घटनास्थलमै र ३ जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। प्रहरीका अनुसार मृतकको सनाखत हुन सकेको छैन।

बसमा ४० जना सवार रहेको अनुमान गरिएको छ। बस सडकदेखि २०० मिटर तल खोलामा खसेको हो। अहिले प्रहरी टोली घटनास्थल पुगेर उद्दार गरिरहेको बताइएको छ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५