दुल्लुकाे खेतगाउँमा बेवारिसे अवस्थामा भेटिन बालिका

दैलेख : दैलेखमा एक बालिका वेवारिसे अवस्थामा फेला परेकी छिन् । कुपोषितले ग्रस्त ती बालिकाको परिचय खुल्न सकेको छैन् । बालिका शनिवार जिल्लाको दुल्लु नगरपालिका–७ खेतगाउँस्थित जंगलमा वेवारिशे अवस्थामा भेटिएकी हुन् । बालिकालाई स्थानीय सुर्यबहादुर रावतले फेला पारेका थिए ।

वेवारिसे अवस्थामा बालिका जंगलमा फेला परेपछि रावतले इलाका प्रहरी कार्यालय दुल्लुमा खबर गरेका थिए । दुल्लु प्रहरीले आवाज संस्थासँग समन्वय गरेर  बालिकालाइ जिल्ला सदरमुकाम पठाएको छ ।

बालिकाको शरिरमा निलडाम, चोट लागेको र शरिर कोतरिएको अवस्था छ । उनको आँखाको बाँया भागमा समेत चोट छ । उनलाई दुल्लुबाट उद्दार गरी दैलेख सदरमुकाम ल्याएर दैलेख अस्पतालमा उपचार पछि सोसेक नेपालद्धारा सञ्चालित महिला र बालबालिका केन्द्र (सेल्टर) मा राखिएको छ ।

ती बालिका बोल्न समेत सक्दिनन् । बालिकाको अभिभावक तथा परिवारबारे पत्ता लाग्न नसकेको बाल हेल्पलाइन १०९८ दैलेखका संयोजक रमा श्रेष्ठले बताइन् । ‘कुपोषितले ग्रस्त ती बालिकाको शरिरका विभिन्न भागमा चोटपटक र निलडाम छ,’ उनले भनिन् ‘बालिका, उनको अभिभावक वा आफन्तलाई चिन्न जो कोहीले बालिकाको अवस्थाबारे बालिकाको अभिभावक र आफन्तलाई खबर गरिदिन आग्रह गर्दछु ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५