कर्णालीमा एक वर्षमा ३९६ वटा मानवअधिकार उल्लंघनका घटना

सुर्खेतः कर्णालीमा एक वर्षमा ३ सय ९६ वटा मानवअधिकार उल्लंघनका घटना घटेका छन् ।  सन २०२१ मा पीडित भएकामध्ये मानवअधिकार उल्लंघनका घटनामा ४ महिला र ३० पुरुष गरी ३४ जना तथा ज्यादतीका घटनामा ३ सय २० महिला र ७६ जना पुरुष गरी ३ सय ९६ जना पीडित भएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले शनिबार सार्वजनिक गरेको बर्ष पुस्तक २०२२ अनुसार उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो ।  तथापि यो तथ्याङ्क विगतभन्दा केही सुधार भएको इन्सेकको निष्कर्ष छ ।  सन् २०२० मा मानवअधिकार उल्लंघनका घटनामा ७ महिला र ५१ पुरुषसहित ५८ जना पीडित भएका थिए भने ज्यादतीका घटनामा ३ सय ३२ महिला र ९४ जना पुरुषसहित ८४ जना पीडित भएका थिए ।

इन्सेकको तथ्याङ्कका आधारमा कर्णाली प्रदेशको मानवअधिकारमा केही सुधार आएपनि कारागारमा मृत्यु, परिवारबाटै भएका हत्या र धम्कीका घटना भने बढी अभिलेख भएको पाइएको छ ।  यस्तै जातीय विभेदका घटनामा समेत खासै सुधार नभएको पाइएको छ ।  सन् २०२१ मा दुई जनाको कारागारमा मृत्यु भएको, २० जना महिला र १४ जना पुरूषगरी ३४ जनाको हत्या भएको र धम्कीका घटनाबाट १२ जना पीडित भएको इन्सेकले अभिलेख गरेको छ ।

यस्तै ८३ जना बालिका र एकजना बालक बाल अधिकारका घटनामा पीडित भएका छन् । घटनामा सबैभन्दा बढी महिलाहरू पीडित भएको देखिएको छ । महिला हिंसाका घटनामा २ सय ५ जना पीडित भएको अभिलेख छ । बलात्कारका घटनामा ८०, बलात्कार प्रयासका घटनामा ६ र यौन दुर्व्यवहारका घटनामा २९ जना गरी १ सय १५ जना पीडित भएका छन् ।

इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले कर्णालीका जिल्लाहरुका कारागारमा क्षमताभन्दा कैदी बन्दी बढी राखिएकाले व्यवस्थापनमा समस्या भएको  बताए । १० जिल्लाका कारागारको क्षमता ६ सय ८६ जना राख्न रहेकोमा सन २०२१ को अन्त्यमा १ हजार ९८ कैदी बन्दी कारागारमा रहेको तथ्याङ्क पाइयो,’ उनले भने, ‘यो अवस्थाले कैदी वन्दीले न्युनतम मानव अधिकारको उपभोग गर्न पाइरहेका छैनन् ।’ राताेपाटीबाट 

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५