दैलेखः दैलेखमा राष्ट्रिय झण्डा दिवस मनाइएको छ । शुक्रवार दैलेख सदरमुकाममा “राष्ट्रिय झण्डा हाम्रो शान, नेपालीको पहिचान’’ भन्ने मूल नाराका साथ राष्ट्रिय झण्डा दिवस मनाईयको हो ।
बास नेपाल दैलेख शाखाका अध्यक्ष हिक्मत बुढाको अध्यक्षतामा भएको कार्यक्रममा नारायण नगरपालिकाका वडा नम्बर ६ का वडा अध्यक्ष तथा जिल्लाका सञ्चारकर्मी लगायत धेरैको सहभागिता रहेको थियो ।
राष्ट्रिय झण्डा हाम्रो पहिचान भएको कार्यक्रमका प्रमुख अतिथि तथा नारायण नगरपालिकाका वडा नम्बर ६ का अध्यक्ष जनक न्यौपानेले बताए । नगरपालिकाका प्रवक्ता समेत रहेका न्यौपानेले जिल्लामा राष्ट्रिय झण्डा दिवस मनाएको यो पहिलो पटक हो । यस्तो काम तिन तहका सरकारले गर्नुपर्ने भए पनि त्यो हुन हुन सकेका थिएन्। उनले राष्ट्रिय झण्डा मनाउने कार्यक्रम राखेकोमा बागेश्वरी असल शासन क्लब(बास नेपाल) दैलेख शाखालाई धन्यवाद व्यक्त गरे । नेपालको झण्डा भनेको नेपालीको पहिचान सहितको झण्डा हो यसमा भएका रङ, यसको आका चन्द्र सूर्य अङ्कित झण्डा हाम्रो गौरव हो । उनले भने ।
कार्यक्रमको समापनमा बोल्दै बास नेपाल दैलेख शाखाका अध्यक्ष हिक्मत बुढाले सहभागी सबैलाई धन्यवाद दिँदै बास नेपालको स्थापना तथा बास नेपालले गर्ने कामको बारेमा बताए । उनले दैलेखमा बास नेपाल शाखा विस्तार भएको छोटो समयमा नै यस्ता कार्यक्रम सक्रिय सहभागी भएकोले आउँदा दिनहरूमा कार्यक्रम गर्ने सहज हुने धारण राखे ।
कार्यक्रमकाे संचालन गर्दै दैलेखका साहित्यकार जंग बोगटीले नयाँ वर्षको उपलक्षमा गजल सुनाएर झनै कार्यक्रमलाई रोचक बनाएका थिए । नयाँ वर्ष पहिलो दिनमा कार्यक्रम भएकोले कार्यक्रममा उपथित सबैले नयाँ वर्षको सुभकामना आदानप्रदान समेत गरेका थिए । बास नेपाल केन्द्रीय कार्यालयको परिपत्र अनुसार बास नेपालका ७७ वटै शाखाहरूले यो कार्यक्रम गरिरहेका छन् ।
खुल्ला प्रेस । १ बैशाख २०८०, शुक्रबार ११:२२