दैलेखः नेपाल सरकारले विवाहको कानुनी उमेर २० वर्षबाट घटाएर १८ वर्ष बनाउने प्रस्ताव अघि बढाएकोप्रति विरोध जनाउँदै बाल विवाह विरुद्ध साझा अभियान सञ्जाल, दैलेखले ज्ञापनपत्र बुझाएको छ।
बाल विवाहा बिरुद्ध साझा अभियान सञ्जाल दैलेख द्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उमेर घटाउने निर्णयले किशोर–किशोरीहरूको शिक्षा, स्वास्थ्य र सुरक्षामा नकारात्मक असर पर्ने भन्दै तत्काल संशोधन फिर्ता लिन माग गरिएको छ ।सञ्जालले संविधान, ऐन र अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुसार बाल विवाह अन्त्य गर्न प्रभावकारी नीति तथा कार्यक्रम लागू गर्न सरकारलाई आग्रह गरेको छ। ज्ञापन पत्रमा भनिएको छ ।
आइतबार बाल विवाहा बिरुद्ध साझा अभियान सञ्जाल दैलेखका अध्यक्ष तथा कार्यसमितिले दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रमार्फत नेपाल सरकारलाई ध्यानआकर्षण गराएकाे अध्यक्ष लाेकेश गिरीले जानकारी दिए ।
यस्ताे छ ज्ञापन पत्र





खुल्ला प्रेस । २७ जेष्ठ २०८२, सोमबार ०७:३६