अर्थमन्त्री शर्माले भने- स्थानीय तहको निर्वाचन समयमै गर्नुपर्छ

काठमाडौं: अर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले स्थानीय तहको निर्वाचन समयमै गर्नुपर्ने बताएका छन्।

सत्तारुढ दलहरु स्थानीय चुनाव सार्ने तयारीमा लागेका बेला उनले सामाजिक सञ्जालमार्फत् यस्तो धारणा सार्वजनिक गरेका हुन्।

‘स्थानीय तहको निर्वाचन समयमै गरेर लोकतन्त्र र संघीयतालाई सुदृढ बनाउनुपर्छ,’ मन्त्री शर्माले फेसबुकमा लेखेका छन्।

कानुनत: आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने भए पनि सत्तारुढ दलहरु संविधानलाई देखाएर चुनाव पछि धकेल्ने तयारी लागेका छन्। तर, निर्वाचन सार्न नहुने भन्दै सर्वत्र आलोचना भइरहेको छ। निर्वाचन आयोगले पनि चाँडो निर्वाचन मिति तोक्न सरकारलाई दबाब दिँदै आएको छ।

यसैबीच स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक शनिबार बिहान बस्दै छ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५