दैलेख: बास नेपाल दैलेख शाखाले वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।
“दिगो विकास लक्ष्य प्राप्तिमा युवाको साथ, हरित विश्व निर्माणमा हरित सिप विकास” भन्ने नारा सहित अन्तर्राष्ट्रिय युवा दिवस २०२३ को अवसरमा बागेश्वरी असल शासन क्लब दैलेख शाखाले जिल्लामा रहेका धार्मिक स्थलमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम गरी दिवस मनाएको हो ।
जिल्ला कार्यसमिति सहित अन्य नागरिकहरूको सहभागितामा कार्यक्रम गरिएको दैलेख शाखामा अध्यक्ष हिक्मत बुढाले जानकारी दिए । उनले दिएको जानकारी अनुसार–बास नेपालको केन्द्रीय कार्यालयको जानकारी तथा जिल्ला वन कार्यालयको समन्वयमा जिल्लाको शिव मन्दिर परिसरमा वृक्षारोपण तथा सरसफाइ गरिएको छ ।
केही फोटोहरू




खुल्ला प्रेस । २७ श्रावण २०८०, शनिबार १६:५७