दैलेख । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिम बहादुर शाहीले जनताका समस्यालाई पहिचान गरी मुख्य प्राथमिकताका आधारमा सम्वोधन गर्नका लागि कर्णाली प्रदेश सरकार प्रतिवद्व रहेको बताएका छन् ।
शनीबार नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं. २ दैलेख र प्रदेश सभा कार्यसमिति दुल्लुले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री शाहीले यस्तो बताएका हुन ।
उनले संघिय गणतान्त्रिक लोकतन्त्रको विकास र कार्यान्वयनको लागि जनता जागरुक हुन आवश्यक रहेको पनि बताए ।
कार्यक्रममा बोल्दै मन्त्री शाहीले दुल्लुमा रहेको नेपाली सेनाको वेश क्याम्प स्थाई गर्नको लागि केन्द्रीय सरकारलाई दवाव दिने पनि बताए ।
मन्त्री शाहीलाई बधाई तथा शुभकामना दिदै नेपाली कांग्रेस कर्णाली प्रदेश कार्य समितिका सदस्य भक्ति प्रसाद उपाध्याय, जिल्ला कार्य समितिका उपसभापति रिता शाही, दुल्लु नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारी, क्षेत्रीय सभापति भरत प्रसाद रिजाल लगाएतका नेताहरुले कर्णाली प्रदेश सरकारले उदाहरणीय काम गरेर जनताको मन जित्नुपर्नेमा जोड दिन पनि आग्रह गरेका छन ।
मन्त्री भईसकेपछि पहिलो पटक गृह जिल्लाको भ्रमणका क्रममा दैलेख आउनुभएका आन्तरिक मामिला तथा कानुन मन्त्री शाहीलाई जिल्ला को दुल्लु नगरपालिका र गृह नगर चामुण्डामा भब्य स्वागत गरिएको छ ।
मन्त्री शाहीले फागून २ गतेसम्म जिल्लाका बिभीन्न ठाउको भ्रमण गर्नुहुने छ । भ्रमणका क्रममा चामुण्डा विन्द्रासैनि नगरपालीकाका विभिन्न शैक्षिक संस्था र पार्टीले आयोजना गरेका कार्यक्रममा सहभागिता जनाउनुहुने बताईएको छ ।




खुल्ला प्रेस । २९ माघ २०७८, शनिबार २०:१४