
सुर्खेतः निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदाता, मतदानस्थल र मतदान केन्द्रको टुङ्गो लगाएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावलीमा कर्णाली प्रदेशमा १० लाख एक हजार २८२ मतदाता रहेका छन् ।
निर्वाचन आयोगमा अनुसार सबै भन्दा बढी मतदाता सुर्खेतमा रहेका छन् । सुर्खेतमा सुर्खेतमा दुई लाख ३८ हजार ४५७ जना मतदाता रहेका छन् । सल्यानमा एक लाख ५७ हजार ७१५, डोल्पामा २२ हजार ४४०, मुगुमा ३५ हजार ८९, जुम्लामा ६७ हजार ७४४, कालीकोटमा ८० हजार ४१६, हुम्लामा ३२ हजार ५८१, जाजरकोटमा एक लाख तीन हजार ८६९, दैलेखमा एक लाख ५८ हजार ४८९, रुकुमपश्चिममा एक लाख चार हजार ४८२ जना मतदाता रहेका छन् ।
यस्तै आयोगका अनुसार कर्णालीमा ९०७ मतदान स्थल र एक हजार ३८५ मतदान केन्द्र रहेका छन् ।
दैलेखमा २५ हजार ५ सय ६ जना मतदाता थपिए
दैलेखमा पछिल्लो पाँच वर्षमा २५ हजार ५ सय ६ जना मतदाता थपिएका छन । निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको अन्तिम सूचीअनुसार आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा दैलेखमा कुल एक लाख ५८ हजार ४ सय ८९ जनाले मतदानमा भाग लिन पाउनेछन् ।
यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा १ लाख ३२ हजार ९ सय ८३ मतदाता रहेका थिए । आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि दैलेखको दुल्लु नगरपालिकामा सबै भन्दा धेरै मतदाता छन् । दुल्लु नगरपालिकामा २५ हजार ५ सय २८ जना रहेको आयोगले जनाएको छ ।
यस्तै आठबीस नगरपालिका १६ हजार ५ सय ६७ जना मतदाता छन् । गुराँस गाउँपालिकामा १३ हजार ४ सय ९२, चामुण्डाविन्द्रासैनी नगरपालिकामा १४ हजार ६ सय ३३ जना मतदाता छन् ।
जिल्लाको ठाटीकाँध गाउँपालिकामा १० हजार ३ सय ७५, डुङ्गेश्वर गाउँपालिकामा १० हजार ५ सय ८० जना मतदाता छन् । यसैगरी नारायण नगरपालिका १७ हजार ८ सय ६७, नौमूले गाउँपालिकामा १२ हजार ८ सय ६, भगवतीमाई गाउँपालिका ११ हजार ४ सय ९३ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।
यस्तै भैरवी गाउँपालिकामा १२ हजार ९ सय ३१ र महाबु गाउँपालिकामा १२ हजार २ सय १७ जना मतदाता रहेको आयोगले जनाएको छ ।




खुल्ला प्रेस । १४ चैत्र २०७८, सोमबार २०:१७