काठमाडौंबाट वीरेन्द्रनगर आउँदै गरेको बसमा ढुङ्गा खस्दा दैलेखकी एक किशोरीको मृत्यु

काठमाडौंबाट सुर्खेततर्फ आउँदै गरेको बसमा ढुङ्गा खसेर लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखको भगवतीमाई गाउँपालिका–२ का १७ वर्षीया पार्वती शाही रहेकी छन् ।  उनको उपचारको क्रममा कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ ।

रत्न राजमार्ग अन्तर्गत भेरीगंगा नगरपालिकाको पैँसट्ठी भन्ने स्थानमा सडकमाथिबाट ना ७ ख ५८११ नम्बरको रात्रिकालीन बसमा ढुङ्गा खसेको थियो । ढुङ्गा लागेर सवारी चालक पछाडिको सिटमा बसेका दुई जना घाइते भएका थिए ।

मृतक शाहीसँगै घाइते भएकी वीरेन्द्रनगर–६ की ४५ वर्षीया राजकुमारी सुनारको भने उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । मृतक शाहीको टाउकोमा गम्भीर चोट लागेको थियो । सुनारको दाइने कानमा चोट लागेको बताइएको छ ।

३१ जना सवार उक्त गाडी चालक वीरेन्द्रनगर नगरपालिका –३ का २९ बर्षीया नमबहादुर रोकाया प्रहरीको नियन्त्रणमा रहेका छन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५