एमाले महाधिवेशनमा प्रधानमन्त्री देउवालाई निम्तो

काठमाडौं : नेकपा एमालेले पार्टीको १०औं महाधिवेशनमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई निम्तो गरेको छ ।

शुक्रबार एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ र नेता राजन भट्टराईले प्रधानमन्त्री देउवालाई भेटेर महाधिवेशनको उद्घटन सत्रमा सहभागी भइदिन आमन्त्रण गरेको हो ।

जवाफमा प्रधानमन्त्री देउवाले खुशी प्रकट गर्दै महाधिवेशनका लागि शुभकामना दिएको र आफू महाधिवेशनमा सहभागी हुने वचन दिएको संसदीय दलका उपनेता नेम्वाङले जानकारी दिए ।

एमालेको १०औ महाधिवेशन चितवनको नारायणी नदी किनारमा यही मंसिर १० गतेबाट सुरु हुँदैछ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५