बाताबरण सुधार बहुउद्देश्यीय सहकारीको २१औं बार्षिक साधारणसभा सम्पन्न

दैलेखः  बाताबरण सुधार बहुउद्देश्यीय सहकारी संस्था लि. दुल्लु सेवा केन्द्रले २१ औं बार्षिक साधारण सभा आइतबार सम्पन्न गरेको छ ।

दुल्लु नगरपालिकाका उप प्रमुख विना कार्कीकाे प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न गरिएकाे हाे ।

 साधारणसभा मा बाेल्दै उप प्रमुख कार्कीले सहकारीले समुदायमा रहेका महिलाहरुकाे बचत गर्ने बानीकाे बिकास गर्दै आयमुलक कार्यक्रममा सहयोग गरेकाे प्रति धन्यवाद समेत दिएकी छन् ।

साधारण सभामा वडा नं ७ का वडा अध्यक्ष कविराज रावत लेखा समिति संयाेजक हेमलाल पन्त बरिष्ठ प्रबन्धक किरण बस्नेत, उप समिति संयाेजक शाेभा कुमारी बि.सी. एवं सेवा केन्द्र प्रमुख हरिकृष्ण वलिकाे सहभागीता रहेकाे थियाे । बार्षिक साधारण सभा कार्यक्रम सागर खड्काले सञ्चालन गरेका थिए ।

संस्थाका अध्यक्ष चन्द्रलाल आचार्यकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको सहकारीका कर्मचारी रमेश बिकले जानकारी दिए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५