काठमाडौंः राष्ट्रिय वाणिज्य बैंकले ५७ औँ वार्षिकोत्सवको अवसरमा स्मार्ट क्यूआर टेलर सेवा लागू गरेको छ ।
बैंकले आफ्ना ग्राहकहरुलाई सर्वसुलभ रूपमा डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले गत १० माघबाट सेवाको शुभारम्भ गरेको हो । बैंकका नायव प्रमुख कार्यकारी अधिकत कबिराज अधिकारीले सो सेवाको सुरुवात गरेको हो । बैंकले मोबाइल बैंकिङ सुविधा लिइएका ग्राहकले आफ्नो मोबाइलबाट बैंक काउन्टरमा उपलब्ध क्यूआर स्वयान गरी दुई लाख रुपैयासम्मको नगद भक्तानी लिन सक्ने गरी सबै शाखा कार्यालयका काउन्टरमा स्मार्ट क्यूआर टेलर लागू गरेको छ ।
अब समित कारोबारका लागि बैंकमा चक बोकेर गइरहनुपर्दैन । बैंक इन्टरनेट नभएको स्थानमा पनि मोबाइल बैंकिंडका कार्य गर्न सक्नेगरी अनस्टु वा सप्लिमेन्टरी सर्भिस डाटा सेवा का माध्यामबाट यो सेवा दिइएको बताइएको छ ।
हाल देशभर बैंकको २ सय ५८ वटा शाखा कार्यालय २ सय ४५ वटा एटीएम ४१ स्थानमा एक्सटेन्सन काउन्टर ९८ स्थानमा शाखारहित अंकिङ सेवा सञ्चालनमा रहेका छन् ।
दैलेखमा पनि यो सेवाको सुरुवात गरिएको छ अब बैंक जाँदा चेक लिनु नपर्ने भएको छ । मोबाइलमा भएको बैंकको एपबाट क्युआर स्कान गरी पैसा तान्न सकिने सेवाको शुरु भएको राष्ट्रिय बाणिज्य बैंक दैलेखले जनाएको छ ।



खुल्ला प्रेस । १३ माघ २०७८, बिहीबार ०८:४०