यातायात कार्यालय जुम्लाद्वारा एक करोड १६ लाख राजस्व संकलन

जुम्लाः यातायात व्यवस्था सेवा कार्यालय जुम्लाले चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख २४ गतेसम्म रु. एक करोड १६ लाख ३५ हजार राजस्व संकलन गरेको छ । चालु आवमा रु. दुई करोड राजस्व संकलनको लक्ष्य लिएकामा १० महिनामा उक्त रकम संकलन भएको कार्यालय प्रमुख राजेन्द्र कार्कीले जानकारी दिए ।

संकलित रकममध्ये यातायात क्षेत्रको आम्दानीतर्फ रु. १५ लाख सात हजार ९२२, चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुरवापत रु. चार लाख ३५ हजार ५२६, सवारीसाधन करतर्फ रु. ५७ लाख तीन हजार ९०६ र प्रशासनिक दण्ड जरिवानामार्फत रु. एक हजार ५७५ रहेको छ ।

कार्यालयमा चालु आवको साउनदेखि चैत मसान्तसम्म १९८ वटा सवारीसाधन दर्ता भएका छन् । सोही अवधिमा यातायात कार्यालयबाट जारी भएको सवारी चालक अनुमतिपत्रसम्बन्धी मोटरसाइकल–स्कुटर र मोपेड वर्ग (ए) अन्तर्गत १८८ वटा, कार, जीप, डेलिभरी भ्यान वर्ग (बी) अन्तर्गत ३८ र चालक अनुमतिपत्र प्रतिलिपि तथा नवीकरण ३९४ गरी जम्मा ६२० वटा चालक अनुमतिपत्र वितरण गरिएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५