दैलेख : जिल्लाको त्रिभुवन माध्यमिक विद्यालय नयाँ बजारमा तालाबन्दी गरिएपछी पढाइ प्रभावित भएकाे छ ।
विद्यालय हाता भित्र रहेका सटरहरू व्यवसाय प्रयोजनमा दिन गरेको टेन्डरमा कानुनी प्रक्रिया अनुसार सम्झौता गरेको ६ महिना पुग्दा समेत कुनै सुनुवाइ नभएको भन्दै विद्यालय प्रशासनमा ताला लागेकाे करिब हप्ता दिन पुगेकाे छ, व्यवसायीले तालाबन्दी गरेका गरेपछी विद्यार्थीकाे बढाइ प्रभावित भएकाे हाे। टेन्डर परेका सटरहरू आफूले पाउनु पर्ने भन्दै जिल्ला प्रशासन,जिल्ला प्रहरी र विद्यालय प्रशासन सँग पटक पटक माग गरेको भए पनि कुनै सुनुवाइ नभएको भन्दै तालाबन्दी गरेको व्यवसायीले बताएका छन् ।
सटरको टेन्डर पार्नुभएका व्यवसायी निशान कुमार थालो विद्यालय प्रशासन,जिल्ला प्रशासनलाई सडक खाली गराइदिन पटक पटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको बताए । उनले भने विद्यालयको सूचना अनुसार आफ्नो पसलको टेन्डर पारेका आमी व्यवसायीले छ महिना देखी भाडा तिरेका छौ पहिला व्यवसाय गरेका व्यवसायीले सटर खानी नगर्दा समस्या उत्पन्न भएको छ ।
त्रिभुवन उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक निरक बहादुर तारामीले विद्यालयले निकालेको सूचना अनुसार उहाँहरूको टेन्डर परे पनि पहिला देखी व्यवसाय गर्दै आएका व्यवसायीले सटर खानी नगर्दा विद्यालय समस्यामा परेको बताए । उनले भने राजनैतिक शक्तिका आडमा सटर खानी नगर्दा विद्यालयमा ताला लागिएको छ ।
विद्यालयमा तालाबन्दी गरेका कारण एसइईमा ग्रेड वृद्धि गर्ने विद्यार्थीहरू फर्म भर्न समेत समस्या भएको छ । प्रधानाध्यापक तारामीले भने विद्यालय प्रशासन,लेखा,लाई बेरीमा ताला लगाइएको छ र आफूले प्रशासन सँग तालाबन्दी खोल्न आग्रह गरेको भए पनि अहिले सम्म तालाबन्दी खुल्न सकेको छैन । प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले विद्यालयमा लगाइएको ताला खोल्न सम्बन्धी व्यवसायीलाई आग्रह गरिएको बताए । उनले भने व्यवसायी व्यवसायी मिलेर समस्याको समाधान गर्नु पर्ने हुन्छ ।




खुल्ला प्रेस । ६ आश्विन २०७९, बिहीबार ०७:२७