शिक्षकले बहुविवाह गर्न नपाइने

काठमाडौं : विद्यालयमा पढाउने शिक्षकहरूले बहुविवाह गर्न नपाइने व्यवस्था गरिएको छ। बुधबार संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा उक्त व्यवस्था राखिएको हो।

विधेयकमा उल्लेख छ,‘शिक्षकले बहुबिवाह गर्न हुँदैन। ’यस्तै,विधेयकमा शिक्षकले विद्यार्थी र अरू कसैप्रति यौनजन्य दुर्व्यवहार गर्नु नहुने,विद्यार्थीलाई कुटपिट गर्न र कसैलाई पनि शारीरिक वा मानसिक यातना दिन नपाइने व्यवस्था गरिएको छ।

शिक्षकले प्रचलित कानून बमोजिम तोकिएको अवधिभित्र सम्बन्धित स्थानीय तहमा आफ्नो सम्पत्तिको विवरण पेस गर्नुपर्नेछ र स्थानीय तहले त्यस्तो विवरण राष्ट्रिय किताबखाना (शिक्षक) मा पठाउनुपर्ने पनि व्यवस्था छ।

 

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५