दैलेखमा १३ जना उम्मेदवारले ल्याउन सकेनन १० प्रतिशत मत

दैलेखः  सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने दैलेखका १३ जनाको जमानत जफत भएको छ ।  यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको जमानत जफत भएको हो । दैलेख निर्वाचन क्षेत्र न-१ मा १० जना उम्मेदवार मध्ये ६ जनाको र दैलेख निर्वाचन क्षेत्र न-२ मा ११ जना मध्ये ७ जनाको जमान जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दैलेखले जानकारी दिएको छ ।

दैलेख १ मा राप्रपाका रणवहादुर सिंह, नेमकिपाका जगतवहादुर वली, नेकपा माओवादीका रामलाल विश्वकर्मा, राष्ट्रिय जनमोर्चाका नरवहादुर सिंह, स्वतन्त्र उम्मेदवार लोकबहादुर बोगटी र आम जनता पार्टीका मेनका श्रेष्ठको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृत दैलेख जिल्ला न्याधिस कुल प्रसाद पाण्डेले जानकारी दिए ।

यस्तै दैलेखमा २ मा नेमकिपाका बखत थापा, राप्रपाका बबिता शाही, नेकपा माओवादीका कलम सिंह, राष्ट्रिय जनमोर्चाका कमल बरैमगर, स्वतन्त्र उम्मेदवार हिम बहादुर शाही, आम जनता पार्टीका तिर्था बंसिमगर र स्वतन्त्र उम्मेदवार लाल बहादुर कठायतको जमानत जफत भएको दैलेख निर्वाचन क्षेत्र न-२ का निर्वाचन अधिकृत लोकहरी कँडेलले जानकारी दिए ।

दैलेख निर्वाचन क्षेत्र न-१ मा ३७ हजार ५ सय ७५ र क्षेत्र न-२ मा ३६ हजार ५ सय १३ मत सदर भएको थियो ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५