दैलेख: जिल्लाको भैरवी गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसबाट हेमलाल जैसी सिफारिस भए सँगै पालिकामा हेमलाल जैसी भन्ने भैरवी गाउँपालिका बासीको दरो आवाज आइरहेको छ ।
भैरवी गाउँपालिकाका पार्टी सभापति रहेका जैसी २०७४ सालको स्थानीय चुनावमा वडा नं. ५ का अध्यक्ष भइसकेका छन् । सरल र मिजासिलो र विकास प्रेमी भएका कारणले उनलाई पालिका अध्यक्षमा ल्याउनुपर्ने भैरवी बासीको चाहाना भएको स्थानीयको आवाज छ । उनी वडा अध्यक्ष भई वडामा राम्रो काम गरेकाले गाउँपालिका अध्यक्ष ल्याउनुपर्ने चर्चा चल्दै गएको हो ।
उनको पहलमा भैरवीका विद्युत् नपुगेका वडाहरूमा विद्युतीकरण गर्न उनको पहल रह्यो वडा तथा पालिकाका जनताको स्वास्थ्य अवस्थालाई हेर्दै कोरोना महामारीमा निःशुल्क सेवाको लागि एम्बुलेन्स, खरिद, शिक्षा, स्वास्थ्य, खानेपानी, बाटो निर्माण तथा मर्मत जस्ता जनतासँग प्रत्यक्ष सरोकार राख्ने महत्त्वाकाङ्क्षी कामहरू गरेकै कारण विकास प्रेमी जैसीलाई भैरवी गाउँपालिकाको अध्यक्षमा ल्याउन सबैले पहल गर्नुपर्ने वडा नं.७ की अमृता पाण्डेले बताएकी छन् ।
नेपाली काँग्रेस भैरवीले हेमलाल जैसी सहित ५ जनाको नाम सिफारिस गरेर पठाएको छ , उनीसँगै रिता शाही, प्रेम बहादुर विष्ट, जग्गे बहादुर शाही, जनार्दन ज्ञवालीलाई सिफारिस भएका छन्, सिफारिस भएका मध्य हेमलाल जैसी पालिका अध्यक्षको बलियो उम्मेदवार रहेको पालिकाका स्थानीयले बताएका छन् ।
वडामा स्रोत साधनको कमीका कारण आफूले भने जति काम गर्न नसकेको बताउँदै पालिका अध्यक्ष भए भैरवीलाई नमुना विकास गरेर देखाउने हेमलाल जैसीले बताएका छन् ।




खुल्ला प्रेस । ९ बैशाख २०७९, शुक्रबार ११:१०